कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले उक्त विषयमा छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

यसअघि ७७ फागूनमा महाधिवेशन गर्ने गरि तय भएको कार्यतालिका परिवर्तन नगर्ने र अन्य कामलाई कसरी तीव्र बनाउन सकिएला भनेर विकल्पहरूबारे छलफल हुने पौडेलले जानकारी दिए ।

यस्तै बैठकमा वर्तमान सरकारले ल्याएका विधेयकहरूका विषयमा पनि साझा धारणा तय गरेर अघि बढ्नेबारे पनि छलफल उनले जानकारी दिए ।

‘बर्तमान सरकारले श्रृंखलावद्धरूपमा ल्याएका संविधानविरोधी विधेयकले कांग्रेसलाई सडक आन्दोलनमा धकेल्न खोजेको देखियो, यसबारे पनि पदाधिकारी बैठकमा छलफल हुनेछ,’ पौडेलले भने ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ०१ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको