आज जननेता मदन भण्डारीको ६९ औँ जन्म जयन्ती मनाइँदै « Khabarhub

आज जननेता मदन भण्डारीको ६९ औँ जन्म जयन्ती मनाइँदै


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

तीन वर्ष अघि तत्कालीन नेकपा माओवादी केन्द्रसंगको पार्टी एकतापछि पनि नेताहरुले भण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै पार्टीमो मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहालले समेत पटक-पटक सार्वजनिक रुपमौ भण्डारीको सिद्धान्त समयसापेक्ष रुपमा लागू गर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको थियो ।

यसैबीच जन्मजयन्तीको अवसरमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धासुमनसहित मदनकै बाटोमा अघि बढ्ने प्रण गरेका छन् ।

साथै, मण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरु सार्वजनिक गरिएका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : १३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील