लिभरपुललाई गार्ड अफ अनर दिन्छौं – प्रशिक्षक ग्वार्डिओला « Khabarhub

लिभरपुललाई गार्ड अफ अनर दिन्छौं – प्रशिक्षक ग्वार्डिओला


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगको नयाँ च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ हनर’ दिने बताएका छन् ।
ग्वार्डिओलाले बिहीबार इथ्हार्ड रंगशालामा सिटीका खेलाडीहरुले लिभरपुललाई सम्मान दिने बताएका छन् ।

चेल्सीसँग सिटी २–१ गोलले पराजित हुँदा ३० वर्षपछि पहिलो पटक लिभरपुलले लिग उपाधि उचालेको थियो ।

‘पक्कै पनि हामी गार्ड अफ अनर दिन्छौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो अविश्वसनिय सफलताका लागि लिभरपुललाई हामी हाम्रो घरेलु मैदानमा सम्मान गर्न चहान्छौं । उनीहरु यसको लायक छन् ।’

सिटीमा ग्वार्डिओलाको सम्झौता २०२१मा सकिँदैछ । पाँच सिजन म्यान्चेस्टरमा विताएका उनको बेलायत बसाई बार्सिलोना बसाई भन्दा लामो छ ।

क्लब बसाई टुङ्गीदै जाँदा पनि उनले आफु क्लबसँग सन्तुष्ट रहेको बताएका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १० : १४ बजे

सानेपामा भेला हुँदै कांग्रेस संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा