चन्द्रमामा बनाइने ट्वाइलेटको डिजाइन माग, उपयुक्तलाई नासाले ४२ लाख दिने « Khabarhub

चन्द्रमामा बनाइने ट्वाइलेटको डिजाइन माग, उपयुक्तलाई नासाले ४२ लाख दिने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नासाले चन्द्रमामा जाने मानिसहरूका लागि शौच गर्न आवश्यक पर्ने ट्वाइलेटको डिजाइनबारे सुझाव दिन आह्वान गरेको छ ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा फेरि मानिस पठाउने योजना गरिरहेको समयमा त्यहाँ आवश्यक पर्ने ट्वाइलेट कस्तो बनाउने र डिजाइन कस्तो हुने भन्नेबारे सुझाब पठाउन आह्वान गरेको हो ।

नासाले लुनारको सतहमा अन्तरिक्ष यात्रीहरुले प्रयोग गर्ने शौचालयको डिजाइन र तरिकाको बारेमा आफ्नो विचार र आईडियाहरु पठाउन सकिने बताएको हो ।

नासाले हिरोएक्ससँगको सहकार्यमा एजेन्सीको लुनार ल्याण्डरको लागि आवश्यक पर्ने शौचालय कस्तो बनाउने भन्ने बारेमा प्रतिस्पर्धा शुरु गरेको छ । जसको नाम ‘लुनार लू च्यालेन्ज’ रहेको छ ।

सो प्रतिस्पर्धामा सन् २०२४ भित्र चन्द्रमामा पुर्‍याइने पहिलो एक जना पुरुष र एकजना महिला अन्तरिक्ष यात्रीको लागि शौचालयको डिजाइन, प्रयोगको तरिकालगायत बारेमा नासालाई जानकारी दिन सकिनेछ ।

त्यसमा कस्तो प्रकारको शौचालय प्रविधि प्रयोग गर्ने भन्ने बारेमा अनुसन्धानकै क्रममा रहेकाले विश्भरबाट सुझाब संकलन गर्न लागिएको हो ।

चन्द्रमामा पृथ्वीको कक्षमा भन्दा करिब ६ गुणा कम गुरुत्वाकर्षण भएको हुँदा नासाले सो समस्यालाई समाधान गर्ने गरि शौचालयको डिजाइन खोजेको हो । जसमा कसैले पनि नविनतम डिजाइन र प्रविधिसहित सुझाब दिनसक्नेछ ।

सो शौचालयको डिजाइनले पानीको बचत गर्नुका साथै वातावरणमैत्री र ल्याण्डरभित्र गन्धरहित तथा जिबाणुरहित किसिमको हुनुपर्ने छ ।

त्यसैगरि त्यसमा अन्तरिक्ष यात्रीहरुले वान्ता गर्नुपर्ने भएको खण्डमा शौचालयमा टाउको नराखीकन नै गर्न सक्ने डिजाइनलाई थप अंक दिईनेछ ।

चन्द्रमामा प्रयोग गरिने शौचालयको डिजाइन अवधारणा आगामी अगस्ट १७ तारिखभित्र नासालाई पठाउनुपर्नेछ भने अक्टोबरमा बिजेता घोषणा गरिनेछ ।

चन्द्रमामा प्रयोग गरिने उक्त शौचालयको उपयुक्त डिजाइन पठाउनलेलाई नासाले पुरस्कार समेत दिइने जनाएको छ । बिजेतालाई कुल ३५ हजार अमेरिकी डलर अर्थात करिब ४२ लाख रुपैयाँ नगद दिइने नासाले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : ४४ बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र