विप्लव समूहका ६ जना कैलालीबाट पक्राउ « Khabarhub

विप्लव समूहका ६ जना कैलालीबाट पक्राउ


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका १२ जुगेडा क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सो समूहका कैलाली जिल्ला जनसरकार प्रमुख ४८ वर्षीय दलबहादुर विक,२२ वर्षीय लक्की शाह, जिल्ला कमिटी सदस्य ४० वर्षीय डम्बर सुनार, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष २५ वर्षीय सुवास जोशी छन् ।

यस्तै धनगढी उपमहानगरपालिका इन्चार्ज ३० वर्षीय प्रकाश रावल र जिल्ला सदस्य ३० वर्षीय बवरजंग सिंह पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अपराधिक क्रियाकलाप, राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजना, विस्फोटक पदार्थ तथा संगठित अपराधमा फरार रहेका दलबहादुर विकको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

विप्लव समूहका कार्यकर्ताले अभद्र व्यवहारसमेत गरेको प्रहरी दाबी छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : २२ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर