विप्लव समूहका ६ जना कैलालीबाट पक्राउ « Khabarhub

विप्लव समूहका ६ जना कैलालीबाट पक्राउ


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका १२ जुगेडा क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सो समूहका कैलाली जिल्ला जनसरकार प्रमुख ४८ वर्षीय दलबहादुर विक,२२ वर्षीय लक्की शाह, जिल्ला कमिटी सदस्य ४० वर्षीय डम्बर सुनार, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष २५ वर्षीय सुवास जोशी छन् ।

यस्तै धनगढी उपमहानगरपालिका इन्चार्ज ३० वर्षीय प्रकाश रावल र जिल्ला सदस्य ३० वर्षीय बवरजंग सिंह पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अपराधिक क्रियाकलाप, राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजना, विस्फोटक पदार्थ तथा संगठित अपराधमा फरार रहेका दलबहादुर विकको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

विप्लव समूहका कार्यकर्ताले अभद्र व्यवहारसमेत गरेको प्रहरी दाबी छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : २२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र