ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

आइतबार मात्रै थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  गौतमका अनुसार आइतबार १०५ जना महिला ३५८ पुरुष गरेर ४६३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। कुल संक्रमितमध्ये १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष छन्।

रेड जोनमा ५१४ जना छन् । आइतबार थप २ जना रेड जोनमा परेका छन्। यस्तै नेपालका ७७ जिल्लामै कोरोना फैलिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ महिला र १६६ पुरुष गरेर १७९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको
संख्या ३ हजार १३ पुगेको छ। मृतकको संख्या भने २८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ०८ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश