ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर « Khabarhub

ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर बनाउने भएको छ ।

ज्यापु समाजको भवनमा होल्डिङ सेन्टर राख्नको लागि आइतरबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ज्यापू समाजका अध्यक्ष तथा पूर्व सभासद् चन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ज्यापू समाजको वृद्धाश्रमको क्षमता एक सय १० सिटको भएपनि हाललाई २६ बेड प्रयोग गरिनेछ । भर्खरै निर्माण सकिएको उक्त वृद्धाश्रम महानगरको वडा नं ४ स्थित बागडोलमा छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले ज्यापु समाजसँग महानगरपालिकाले अन्य धेरै क्षेत्रमा सहकार्य गर्दै आएको बताए ।

उनले भने, ‘समाजले होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्न प्रस्ताव गरेपछि प्रक्रिया अगाडि बढाएका हौं । ’ महानगरले संचालन गरेका क्वारेन्टिन र होल्डिङ सेन्टर व्यवस्थित भएको उनले दाबी गरे ।

ललितपुर महानगरपालिकाले यसअघि लगनखेलस्थित स्टाफ कलेजमा महानगरले होल्डिङ सेन्टर सुरु गरिसकेको छ ।

यसैगरी एन्फा कम्प्लेक्सभित्रको खेलाडीहरुको होस्टेलमा वैशाख २२ गतेबाट क्वारेन्टिन सुरु गरेको थियो । यो क्वारेन्टिनमा हाल नौ जना छन् ।

एन्फा क्वारेन्टिनमा अहिले बसिरहेकाहरु सबै विदेशबाट फर्किएका हुन् । हालसम्म यो क्वारेन्टिनबाट एक सय ६५ जनाले सेवा लिएका छन् ।

त्यसैले ललितपुर महानगरपालिकाले सुनाकोठीस्थित महिलाका लागि मात्रै क्वारेन्टिन संचालन गरेको छ ।

नेपाल युथ फाउण्डेसनको सहयोगमा ललितपुर महानगरपालिकाको वडा नं २६ स्थित पोषण पुनःस्थापना गृहको दुई वटा भवनमा महिलाका लागि क्वारेन्टिन व्यवस्था गरिएको छ । यो क्वारेन्टिनबाट अहिले ९ जना महिला छन् । यो क्वारेन्टिनको क्षमता २७ बेडको रहेको छ ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका उपप्रमुख गीता सत्याल र प्रवक्ता राजु महर्जनको समेत उपस्थिति थियो । प्रवक्ता महर्जनले कोभिडमा महानगरपालिकाले गरेका कामको बारेमा छोटकारीमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ३८ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि