प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी बाहेक अरुले हटाउन सक्दैन : नेता भट्टराई « Khabarhub

प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी बाहेक अरुले हटाउन सक्दैन : नेता भट्टराई


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टी बाहेक अरुले हटाउन सक्ने संविधानमा व्यवस्था नभएको बताएका छन्।

आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी भएपछि दिल्ली शक्तिले आफूलाई हटाउन खाजेको अभिव्यक्ति दिएलगत्तै नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो जनाएका हुन् ।

‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।’ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले भने‚ ‘तर अहिले हटाए नक्सा छापेको करणले हुने ? भोलि सलहले दुःख दिएको बेला हुने ? पछि बाढी पहिरो आएको बेला हुने ? अलिपछि दशैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ?’ उचित बेला चाही कैले रहेछ हँ ?’ भन्दै भट्टराईले प्रधानमन्त्री ओलीप्रति व्यंग्य समेत गरेका छन्।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ५९ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले