धनगढी उपमहानगरद्वारा लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा « Khabarhub

धनगढी उपमहानगरद्वारा लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ ।

आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले गत चैत ११ देखि यही असार १ गतेसम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताए ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले उपमहानगरपालिकाले सराहनीय निर्णय गरेको उल्लेख गरे । उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्स व्यापारीलाई भाडामा दिएको छ ।

कोरोना संवेदनशीलतालगायतका विषयमा धनगढीका व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख वडले आज यहाँ कैलाली उद्योग वाणिज्य सङ्घ, औषधि व्यवसायी सङ्घ, तरकारी व्यवसायी सङ्घ, किराना व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल तथा सुझाव दिने काम गरे ।

सरकारले लकडाउन खुकुलो बनाउँदा जोखिम बढेको भन्ने गुनासो आउन थालेपछि व्यवसायीसँग छलफल शुरु गरिएको बताइएको छ ।

नगरप्रमुख वडले व्यवसायीसँग पसलका अगाडि डोरी, रिङ वा चुनाको रेखा राखेर ग्राहकको भौतिक दूरी कायम हुने वातावरण बनाउन आग्रह गरेको बताए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : १७ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि