बर्दियामा बाघको आक्रमणबाट दुई घाइते « Khabarhub

बर्दियामा बाघको आक्रमणबाट दुई घाइते


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आज राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन् ।

बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १०– लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए ।

गाउँ नजीकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आज बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ । दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ ।

घाइते दुवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : २५ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि