पाल्पामा सलह भगाउन सकस « Khabarhub

पाल्पामा सलह भगाउन सकस


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाल्पामा शनिबार प्रवेश गरेका सलह विस्तारै खेतबारीमा समेत देखिन थालेका छन् । शनिबार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए ।

पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन । रुखका पातहरु खाएको र अन्नवालीमा भने दिउसोतिर देखिएको छ ।

जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केहीमा भाग शनिबार सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

अधिकांश स्थानमा देखिएका सलह शनिबार नै केही गुल्मीतर्फ र केही फर्केर दोभान क्षेत्रमा रात बिताएको देखिएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख अर्यालले अधिकांश सलह पाल्पा तिनाउँ गाउपालिका २ झयाङ्लाका बस्तीका रुखमा शनिबार रात बिताएको बताए ।

उनले भने, “शनिबार रात परेकाले रुखमा बसेको देखियो, आज बिहान पनि वर्षा भएकाले सलह सक्रिय हुन सकेन । मौसम सफा भएपछि सलह आकाशमा उडिरहेकाले किसानले आगो बालेर धुवाँमय बनाउँदा अन्नबालीमा सलह बस्न सकेको छैन । कतिपय थाल बजाई अन्नबाली जोगाउन जुटेका छन् ।”

स्थानीय स्रोत र साधनको प्रयोग गरी सलह नहटेमा रासायनिक औषधि प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले बताए ।

तिनाउको झयाङ्ला गाउँ प्रदेश सरकारद्वारा सञ्चालित स्मार्ट कृषि गाउँ हो । यस क्षेत्रमा बाक्लो मात्रामा सलह रहेको छ ।

स्मार्ट कृषि कार्यक्रम, कार्यान्वयन समितिका अध्यक्ष चोपलाल जिसीले शनिबारदेखि झयाङ्ला क्षेत्रमा बास बसेको सलह आज साँझसम्म आकाशमा उडिरहेको बताए ।

“वर्षा भएकाले बिहान सलह रुखमा नै देखिएको थियो । वर्षा कम भई मौसम सुधार भएपछि मकैबाली, सिमीमा पनि देखिएको छ”, जिसीले भने, “स्थानीय बासिन्दाले सहल धपाउन कोसिस गरिरहेका छन् । आगो बाल्ने, भाँडा बजाउने कार्य गरे पनि सलह आकाशमा उडिरहेको देखिएको छ ।”

तिनाउ गाउँपालिकाका खुर्सानी, बगाहलगायत माथिल्लो भागमा सलह देखिएको स्थानीय बासिन्दा रुद्र जिसीले बताए ।

किसानलाई उत्पादित अन्नबाली खाने पिरलो छ । रुखका पात खाइसकेको छ । मकैबाली पाकेकाले स्याहार्ने चटारोमा रहेका किसानलाई धानको बीउ जोगाउन मुश्किल हुने जिसीको भनाइ छ ।

बगनासकाली गाउँपालिकाको बराङ्दी क्षेत्रमा पनि आज साँझ सलह देखिएको स्थानीय बासिन्दा विष्णु घिमिरेले बताए ।

 

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ३८ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश