साउनमा कुन शिवलिंगको पूजा गर्दा के फल मिल्छ ? « Khabarhub

साउनमा कुन शिवलिंगको पूजा गर्दा के फल मिल्छ ?


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अहिले भगवान शिवको प्रिय महिना श्रावण चलिरहेको छ । श्रावणमा भगवान शिवको आफ्ना भक्तहरुप्रति विशेष कृपा रहने गर्दछ । भगवान शिव मात्र एक यस्ता देवता हुन् जो प्रसन्न भएमा कुबेर बराबरको धन पनि दिन्छन् र क्रोधित भएमा पुरा ब्रह्माण्ड भस्म गर्ने सार्मथ्य पनि राख्दछन् ।

शिवको कृपा पाउनका लागी श्रावणमा विशेष रूपले शिवलिंगको अभिषेक र पूजा गर्नु पर्दछ । शिवका प्रत्येक शिवलिंगका आआफ्नै महत्व रहने गरेको छ । जान्नुहोस् कुन शिवलिंगको पूजा गर्दा शिवभक्तले कस्तो आर्शिवाद प्राप्त गर्दछन् ।

१. पारोको शिवलिंग
सबैभन्दा बढि पारोको शिवलिंगको पूजा हुने गर्दछ । यस शिवलिंगको पूजा गर्दा भगवान शिव चाडैं प्रसन्न भई सबै मनोकामना पुर्ण हुने वर दिने धार्मीक विश्वास छ ।

२. सुनको शिवलिंग
सुनको शिवलिंगको पूजा गर्दा शिव साधकलाई समृद्धि प्राप्त हुने धार्मीक विश्वास रहेको छ ।

३. चाँदीको शिवलिंग
चाँदीको शिवलिंगको पूजा गर्दा शिवभक्तका घरमा धनको भण्डारमा वृद्धि हुने मान्यता छ ।

४. पितलको शिवलिंग
पितलको शिवलिंगको पूजा वा रुद्राभिषेक गरेमा शिवभक्तको दरिद्रता नाश हुने विश्वास गरीन्छ ।

५. फलामको शिवलिंग
फलामको शिवलिंगको पूजा विशेष सिद्धि प्राप्तिका लागी गरीन्छ ।

६. मोतीको शिवलिंग
मोतीको शिवलिंगको पूजा गर्दा स्त्री सुख मिल्ने तथा साधकको पत्नीको सौभाग्य वृद्धि हुने मान्यता छ ।

७. स्फटिकको शिवलिंग
स्फटिकबाट बनेको शिवलिंगको पूजा गर्दा साधकको दीर्घ प्रतीक्षित मनोकामना पुरा हुने गर्दछ ।

८. फूलको शिवलिंग
यदि कसैलाई पैतृक सम्पत्ती वा कुनै घरजग्गाको कामना छ भने श्रावणमा फूलको शिवलिंगको पूजा गरे भूसम्पत्तीको आशीर्वाद प्राप्त हुन्छ ।

९. मिश्रीको शिवलिंग
कुनै पनि रोग वा शोकको पीडाबाट मुक्ति चाहिएको छ भने मिश्रीबाट बनाइएको शिवलिंगको पूजा गरे अत्यन्त लाभदायक हुन्छ । मिश्रीको शिवलिंगको पूजा गर्दा रोगबाट मुक्ति पाउने धार्मीक विश्वास छ ।

१०. कपुरको शिवलिंग
विधि विधानपुर्वक कपुरको शिवलिंगको पूजा गरेमा वा अभिषेक गरेमा साधकलाई भक्ति र मुक्तिको आर्शिवाद प्राप्त हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : १७ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन