काठमाडौं प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको स्वाब संकलन | Khabarhub Khabarhub

काठमाडौं प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको स्वाब संकलन


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौ उपत्यका प्रवेश गर्नेहरुको सीमानामै स्वाब संकलन गर्न थालिएको छ ।

हालसम्म काठमाडौं प्रवेश गर्ने तीनवटा नाकाबाट ४ हजारभन्दा बढीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य तीनवटा नाकाबाट आज बेलुकासम्म ४ बजेसम्ममा ४ हजार ८१३ जनाको स्वाब संकलन गरिएको जनाकारी दिएका हुन् ।

डा गौतमका अनुसार फर्पिङ नाकाबाट उपत्यका प्रवेश गर्ने ९५५ जना, थानकोट नागढुंगा नाकाबाट प्रवेश गर्ने २ हजार ९१४ जना र साँगाबाट प्रवेश गर्ने ९४४ जनाको स्वाब संकलन गरिएको छ ।

उनीहरु सबैको उपत्यकाका विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिने डा गौतमले बताए ।

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा बाहिरबाट आउनेहरुको संख्या बढीरहेको हुँदा नाकामै स्वाव संकलनको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

गत आइतबारबाट काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकामै स्वाब संकलन गर्न थालिएको हो ।

 

 

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : २७ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले