गौरीफन्टा नाकाबाट भित्रिनेका लागि तोकियो समय  « Khabarhub

गौरीफन्टा नाकाबाट भित्रिनेका लागि तोकियो समय 


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारीसाधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समय निर्धारण गरेको छ ।

नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन र व्यक्तिसमेतको अनियन्त्रित ओहोरदोहरबाट कोभिड–१९ भाइरसको सङ्क्रमण फैलिनसक्ने उच्च जोखिम भएकाले प्रत्येक दिन बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्मको समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए ।

सीमा नाकालाई व्यवस्थित बनाउने प्रयोजनका लागि समय निर्धारण गरिएको उनको भनाइ छ ।

यसैबीच भारतको गौरीफन्टा नाकासँग जोडिएको नेपाली भूमिको सुरक्षामा खटिएको कैलालीको सुरक्षा टोली बुधवार त्यहाँबाट फिर्ता भएको छ । बुधवारदेखि गौरीफन्टा नाका र त्योसँगै जोडिएको डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको छ ।

गौरीफन्टा नाका र सीमा क्षेत्रमा खटिएको कैलालीको सशस्त्र प्रहरी र प्रहरीको ठाउँमा कञ्चनपुरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोली तैनाथ गरिएको हो । डोकेबजार क्षेत्र कञ्चनपुरको भूभागमा पर्ने भए पनि उक्त क्षेत्रमा हालसम्म कैलालीको प्रहरी र सशस्त्र प्रहरीले ड्युटी गर्दै आएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : १६ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।