गौरीफन्टा नाकाबाट भित्रिनेका लागि तोकियो समय  « Khabarhub

गौरीफन्टा नाकाबाट भित्रिनेका लागि तोकियो समय 


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारीसाधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समय निर्धारण गरेको छ ।

नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन र व्यक्तिसमेतको अनियन्त्रित ओहोरदोहरबाट कोभिड–१९ भाइरसको सङ्क्रमण फैलिनसक्ने उच्च जोखिम भएकाले प्रत्येक दिन बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्मको समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए ।

सीमा नाकालाई व्यवस्थित बनाउने प्रयोजनका लागि समय निर्धारण गरिएको उनको भनाइ छ ।

यसैबीच भारतको गौरीफन्टा नाकासँग जोडिएको नेपाली भूमिको सुरक्षामा खटिएको कैलालीको सुरक्षा टोली बुधवार त्यहाँबाट फिर्ता भएको छ । बुधवारदेखि गौरीफन्टा नाका र त्योसँगै जोडिएको डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको छ ।

गौरीफन्टा नाका र सीमा क्षेत्रमा खटिएको कैलालीको सशस्त्र प्रहरी र प्रहरीको ठाउँमा कञ्चनपुरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोली तैनाथ गरिएको हो । डोकेबजार क्षेत्र कञ्चनपुरको भूभागमा पर्ने भए पनि उक्त क्षेत्रमा हालसम्म कैलालीको प्रहरी र सशस्त्र प्रहरीले ड्युटी गर्दै आएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै