कोरोना संक्रमित झापाका ८३ वर्षीय वृद्धको मृत्यु « Khabarhub

कोरोना संक्रमित झापाका ८३ वर्षीय वृद्धको मृत्यु



झापा- झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिकाका–३, केर्खा बजारका ८३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज बिहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।

समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती वृद्ध पनि संक्रमणमा परेका हुन् । उनको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।

केर्खा बजार वरपर अहिलेसम्म पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमण देखिएका क्षेत्र वरपरका बासिन्दाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : १९ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’