जुम्लामा डा. केसी प्रहरीको घेराबन्दीमा ! | Khabarhub Khabarhub

जुम्लामा डा. केसी प्रहरीको घेराबन्दीमा !


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी जुम्लामा प्रहरीको घेराबन्दीमा परेका छन् ।

कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंडेका उनलाई विहीबार प्रहरीले घरेाबन्दीमा हालेर अनावश्यक दुःख दिएको जनाइएको छ ।

उनले विज्ञप्ति जारी गर्दै भनेेका छन्- ‘यही साउन ११ गते तीन बुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएका थियौं । यस बीचमा ती माग पूरा गर्न कुनै चासो नदेखाएर सरकारले आफ्नो दम्भ र चरम् गैर–जिम्मेवारपन प्रदर्शन गरेको छ ।’

उनले आफू बसेको स्थलबाट बाहिर जान प्रहरी र सशस्त्र प्रहरी लगाएर बलपूर्वक रोकिएको बताएका छन् । आफ्नो अभियानमा सहयोग गर्नेहरुलाई प्रहरीले घर-घर पुगेर धम्क्याउने काम गरेको समेत विज्ञप्तिमा जनाएका छन् ।

उनले यस्ता कार्य तत्काल नरोकिए कुनै पनि बेला सत्याग्रह शुरु गर्ने चेतावनी समेत दिएका छन् ।

उनले आफ्ना माग पूरा नभएपछि यही बिहीबारबाट पुनः सत्याग्रह गर्ने घोषणा गरेका थिए । तर, स्थानीय प्रशासनको आग्रह तथा कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै उनले एक साता सत्याग्रह सारे‍का छन् ।

यस्ता छन् डा. केसीका माग
१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् । प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिस्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

२. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् । चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सीट कायम गरियोस् ।

३. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

४. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ८ : ०१ बजे

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक