साउदीमा अवैधानिक रुपमा बसेका थप १२० जना नेपालीले पाए बहिर्गमन भिसा « Khabarhub

साउदीमा अवैधानिक रुपमा बसेका थप १२० जना नेपालीले पाए बहिर्गमन भिसा



दोहा : साउदीमा १२० जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये थप १२० जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलब्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो ।

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ६१८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी चरणमा नेपाल तथा हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट हुने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत दूतावासले अनुरोध छ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १० : ०५ बजे

पुराना विदेशी लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको माग

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई

बाढीपीडितलाई क्षतिपूर्ति र पुनर्वास दिन सरकारलाई सुझाव

काठमाडौँ -राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी

आईपीएल अक्सनका लागि १० नेपाली क्रिकेटरले गराए नाम दर्ता

काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सनका

रूपन्देहीको सालझण्डीमा ‘अभ्यास–सूर्यकिरण’ सुरु 

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त

सडक कालोपत्र भएपछि सुगम बन्दै राप्तीसोनारीका दुर्गम बस्ती

बाँके–  बाँकेको राप्तीसोनारी गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि दुर्गम बस्तीका