६ वर्षमा पनि भेटिएनन् हत्यारा « Khabarhub

६ वर्षमा पनि भेटिएनन् हत्यारा


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- वर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो । हत्या भएको छ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरी अनुसन्धान सुस्ताएको छ । न्यायको आवाज पनि मधुरो हुँदै गएको छ ।

काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो हतियार प्रयोग गरी विभत्स ढङ्गले हत्या गरिएको थियो । हत्यास्थल बागलुङ नगरपालिका–३ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्छ । गौतम हत्या प्रकरणमा रहस्यको पर्दा अझै उघ्रेको छैन । घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिसकेको छ । हत्यालगत्तै प्रहरीले अनुसन्धान थालेपनि पीडितपक्षले अझै न्याय पाउन सकेको छैन ।

जिल्लामा नयाँ आउने प्रहरी प्रमुखले अनुसन्धानलाई टुङ्गोमा पुर्‍याउने र दोषी पत्ता लगाइ छाड्ने आश्वासन दिने गरेपनि त्यो त्यतिमै सिमित बन्न पुगेको छ । दुई वर्षअघि तत्कालिन प्रहरी उपरीक्षक दीपक रेग्मीले अनुसन्धान हत्याराको नजिक पुगेको बताए । उनले ९९ प्रतिशत अनुसन्धान सकिएको र छिट्टै अपराधी सार्वजनिक गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

तर, सरुवापछि जिल्ला छाडेर जाँदा उनले ‘रुपा हत्या काण्ड’का दोषी पत्ता लगाउन नसकेकामा दुःख व्यक्त गरेका छन् । त्यतिबेला प्रहरीले घटनाका सम्भावित अभियुक्त भारतमा रहेकाले पक्राउ गर्न नसकिएको बताएको थियो । त्यसयता आउने नयाँ प्रहरी प्रमुखले पनि उक्त हत्या प्रकरणबारे धेरै प्रश्नको सामना गर्नुपरिरहेको छ ।

वर्षौँसम्म पनि दोषी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट बेलाबेला प्रहरीको आलोचना हुने गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले अनुसन्धान जारी रहेपनि कुनै उपलब्धि हाँसिल नभएको बताए । ‘अहिले पनि अनुसन्धान अधिकृत तोकेर उक्त घटनामा अनुसन्धान भइरहेको छ’, उनले भने, ‘मैले पनि पहिलेको मिसिल हेरे, सिआइबीको अनुसन्धान प्रतिवेदन पनि अध्ययन गरे तर नयाँ प्रगति केही छैन ।’

शङ्कास्पद देखिएका कतिपय व्यक्ति नेपालमा नरहेका कारण अनुसन्धान बीचमै अड्किएको उनको भनाइ छ । ‘घटनाको फ्लोअप भइरहेको छ’, प्रउ चौधरीले भने, ‘एक दिन सबै यथार्थ खुल्छ, समय भने लाग्न सक्छ ।’

अधिवक्ता एवम् अधिकारकर्मी राम शर्माले अनुसन्धानमा प्रहरी अलमलिएको उल्लेख गरेका छन् । ‘प्रहरी अपराधीको नजिक नपुगेको होइन, तर के कारणले हो अहिलेसम्म दोषी सार्वजनिक हुन सकेको छैन’, उनले भने ।

हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमा प्रहरी चुक्नु दुर्भाग्यपूर्ण भएको अधिवक्ता शर्माको भनाइ छ ।

‘प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर पुनः शुरुदेखि अनुसन्धान थाल्नुपर्छ’, उनले भने, ‘यो घटनाले न्याय हराएको जस्तो अनुभूति हामी सबैलाई भएको छ ।’

घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले कैँयन व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो । घटनाको प्रकृति हेरेपछि पेसेवर अपराधीबाटै गौतमको हत्या भएको निचोडमा प्रहरी पुगेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : १३ बजे

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक