नेकपा सचिवालय बैठक भदौ १८ सम्मलाई स्थगित « Khabarhub

नेकपा सचिवालय बैठक भदौ १८ सम्मलाई स्थगित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबारलाई बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि सचिवालय बैठक स्थगित भएको हो।

अध्यक्ष पुष्कमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भदौ १८ गते बस्ने गरी शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको हो।

सचिवालय सदस्यसमेत रहेका केही नेताका सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नेताहरु आइसोलेसनमा छन्।

पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित बैठक बोलाइएको थियो।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछि दुई सचिवालय सदस्य आइसोलेसनमा छन्।

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ३ : ०५ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक