नेकपा सचिवालय बैठक भदौ १८ सम्मलाई स्थगित « Khabarhub

नेकपा सचिवालय बैठक भदौ १८ सम्मलाई स्थगित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबारलाई बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि सचिवालय बैठक स्थगित भएको हो।

अध्यक्ष पुष्कमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भदौ १८ गते बस्ने गरी शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको हो।

सचिवालय सदस्यसमेत रहेका केही नेताका सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नेताहरु आइसोलेसनमा छन्।

पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित बैठक बोलाइएको थियो।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछि दुई सचिवालय सदस्य आइसोलेसनमा छन्।

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ३ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै