आज थपिए ९२७ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

आज थपिए ९२७ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालमा संक्रमितको संख्या ३६,४५६ पुग्यो


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, उदयपुरका एकजना,ओखलढुंगाका एकजना, झापाका १५ जना, पाँचथरका २ जना, मोरङका ४७ जना, संखुवासभाका २ जना, सुनसरीका ४१ जना, सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका २० जना, पर्साका एकजना, बाराका ४ जना, महोत्तरीका १३ जना, रौतहटका २१ जना, सप्तरीका ७ जना, सर्लाहीका १३ जना र सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका १७ जना, चितवनका २६ जना, धादिङका १६ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५४, मकवानपुरका ५१ जना, रसुवाका एकजना,ललितपुरका ११ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १६ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका ११ जना, लमजुङका २ जना र बाग्लुङका एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका २ जना,कपिलवस्तुका २ जना, दाङका एकजना, नवलपरासीका २ जना, बर्दियाका २ जना, बाँकेका ३६ जना, रुपन्देहीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।

डा गौतमका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका ६ जना, दैलेखका ११ जना र सल्यानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका एकजना, कैलालीका ११ जना, डोटीका ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

१६९ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ७३ थियो ।

मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको थियो । आज थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ४ : ४२ बजे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै