गुल्मीका सीमा नाकामा कडाइ, सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन « Khabarhub

गुल्मीका सीमा नाकामा कडाइ, सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – कोरोना भाइरसको जोखिम बढेसँगै गुल्मीमा स्थानीय प्रशासनले सुरक्षा सतर्कता  बढाएको छ ।

गत भदौ ४ गतेदेखि जिल्लाभर निषेधाज्ञा गरिएकोमा आज रातिबाट लागू हुने गरी केही खुकुलो गरिए पनि अन्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्नुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको डिसीसीएमसीको बैठकले आज (शुक्रवार) राति १२ बजेदेखि लागू हुने गरी थप एक साता लम्ब्याइएको भए पनि निषेधाज्ञा केही खुकुलो गर्दै लैजाने निर्णय गरेको हो ।

बैठकले रुपन्देही, कपिलवस्तु लगायत तराईका अन्य जिल्लाहरुमा कोभिड–१९ को संक्रमण समुदाय स्तरमै देखिएको हुँदा जिल्लामा कोरोना जोखिम रोक्न उच्च सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड पालना गर्न/गराउन निर्देशन दिएको जानकारी दिए ।

उनले छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित बढेको हुँदा नाका क्षेत्रमा कडाइ गर्ने निर्णय गरिएको जानकारी दिए । उनले

जिप्रकाका अनुसार अब गुल्मी प्रवेश गर्दा कोरोनाको पीसीआर रिपोर्ट नभए कम्तिमा १० दिन सम्बन्धित पालिकाले तोकेको क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यदि कसैले लुकिछिपी क्वारेन्टिन छाडी भाग्ने या जिल्ला प्रवेश गरेको पाइएमा कानुनअनुसार कारवाही गरिनेछ ।

दुग्ध व्यवसाय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाउने तथा मासु, तरकारी फलफूल पसल बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खोल्न पाउन जनाइएको छ ।

अन्य पसल, उद्योग, व्यवसाय भने बिहान १० बजेदेखि साँझ ५ जबेसम्म खोल्न पाइने जिप्रका गुल्मीले जनाएको छ । यो अवधिमा कुनै पनि प्रकारको बैठक, भेला, छलफल, सामूहिक जमघट गर्न भने निषेध गरिएको छ ।

त्यसैगरी  जिल्लाभित्र सञ्चालित बैङ्क, वित्तिय संस्था तथा सहकारीहरुमा अधिकतम रुपमा विद्युतीय सेवामा जोड दिन आग्रह गरिएको छ ।

बढी जनसम्पर्क हुने कार्यालय/निकायहरुले अत्यावश्यक सेवाहरु न्यूनतम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सेवा प्रदान गर्न निर्देशन गरिएको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ५४ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ

बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न