रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक स्थगित « Khabarhub

रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक स्थगित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र गृह मन्त्री रामबहादुर थापा बादल होम आइसोलेशनमा बसेपछि शनिबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो ।

सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरु होम आइसोलेसनमा बसेका हुन् ।

गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा सीसीएमसीको बैठक बसेको थियो । उनीहरुको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा भने आउन बाँकी छ । नतिजा नआउँदा सम्म उनीहरु होम आइसोलेसनमै बस्नेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : १९ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक