रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक स्थगित « Khabarhub

रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक स्थगित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र गृह मन्त्री रामबहादुर थापा बादल होम आइसोलेशनमा बसेपछि शनिबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो ।

सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरु होम आइसोलेसनमा बसेका हुन् ।

गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा सीसीएमसीको बैठक बसेको थियो । उनीहरुको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा भने आउन बाँकी छ । नतिजा नआउँदा सम्म उनीहरु होम आइसोलेसनमै बस्नेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : १९ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई