बाजुरामा पाँच थान भरुवा बन्दुकसहित दुई पक्राउ « Khabarhub

बाजुरामा पाँच थान भरुवा बन्दुकसहित दुई पक्राउ


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार छन्।

गोप्य सूचनका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घरछेउमा लुकाइराखेको अवस्थामा लोड गरेको बन्दुक फेला परेको हो।

प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ७ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको