बाजुरामा पाँच थान भरुवा बन्दुकसहित दुई पक्राउ « Khabarhub

बाजुरामा पाँच थान भरुवा बन्दुकसहित दुई पक्राउ


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार छन्।

गोप्य सूचनका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घरछेउमा लुकाइराखेको अवस्थामा लोड गरेको बन्दुक फेला परेको हो।

प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : ३५ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय