चेन्नई सुपरकिंग्सका खेलाडीसहित १२ जनामा कोरोना « Khabarhub

चेन्नई सुपरकिंग्सका खेलाडीसहित १२ जनामा कोरोना


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युएई पुगेको चेन्नई सुपर किंग्सका केहि खेलाडीसहित सपोर्ट स्टाफका सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको छ ।

क्रिकइन्फोका अनुसार विहीबार गरिएको परिक्षणमा चेन्नईका १२ सदस्य संक्रमित भएको जनाइएको छ । संक्रमित हुनेमा एक जना भारतीय राष्ट्रिय टिमबाट खेल्ने तीब्र गतिका बलर समेत रहेका छन् ।

आईपीएल प्रोटोकल अनुसार आईपीएल खेल्ने खेलाडी र सपोर्ट स्टाफको युएई विमानस्थलमा पहिलो टेस्ट हुन्छ भने होटलमा क्वारेन्टाइन बस्दा पहिलो, तेस्रो र पाँचौ दिन गरेर ६ दिनको क्वारेन्टाइन अवधिमा तीन पटक परिक्षण हुने बताइएको छ ।

चेन्नईका १० जनालाई पाँचौ दिनको दिन गरिएको तेस्रो राउण्डको परिक्षणमा पोजेटिभ देखिएको हो ।

योसँगै चेन्नईको टिमको क्वारेन्टाइन अवधि बढाईएको बताइएको छ भने उनीहरुको ट्रेनिंग समेत अहिले स्थगित गरिएको छ । चेन्नईको टिम अगस्त २१ मा दुबई पुगेको थियो ।

यस सिजनको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुँदैछ । आईपीएलका खेल युएईका तीन शहर आबुधाबी, शारजाह र दुबईमा खेलिने भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ८ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै