वीरगन्जमा थपियो एक साता निषेधाज्ञा « Khabarhub

वीरगन्जमा थपियो एक साता निषेधाज्ञा


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि वीरगन्जमा थप एक साताका निषेधाज्ञा लम्ब्याइएको छ ।

शनिबारदेखि भदौ १८ गते राति १२ बजेसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा थपिएको हो।

साउन १९ गतेदेखि जिल्लाभरि लगाइएको निषेधाज्ञा भने खुकुलो पारिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।

वीरगन्जबाहेका भदौ १९ गतेपछि लकडाउन खुले पनि जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

बैठकले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन नपाउने, शैक्षिक संस्था, सैलुन, ब्युटिपार्लर, जिमखाना, पुस्तकालय लगायत बन्द रहने गरी निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ८ : ४४ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय