सभापति बनेँ भने पहिलो काम विधान संशोधन गर्छु : महामन्त्री कोइराला « Khabarhub

सभापति बनेँ भने पहिलो काम विधान संशोधन गर्छु : महामन्त्री कोइराला


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू सभापति भएपछि पहिलो काम नै पार्टी विधान संशोधन गर्ने बताएका छन् ।

रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरी बनाइएको विधानमा असहमति जनाएका हुन् ।

“म सभापति भएपछि तीनवटा काम गर्नेछु । पहिलो पार्टी एक गर्ने, दोस्रो विधान परिवर्तन गर्ने र तेस्रो महिलालाई पार्टीमा ५० प्रतिशतको व्यवस्था गर्ने,” उनले भने ।

त्यस्तै महामन्त्री कोइरालाले शेरबहादुर देउवाबाट पार्टी सन्चालन नभएको भन्दै अब पार्टीमा परिवर्तन हुनुपर्ने बताए ।

“पार्टी सभापतिले संगठन त हाँक्नुपर्यो नि । कोषाध्यक्षको पदमात्र मनोनित हुन्छ । जो सभापति भएपनि पार्टी उसले कसरी चलाउँछ ?” कोइरालाले भने, “पदाधिकारी सबैको निर्वाचन गर्ने कुरा मलाई पटक्कै चित्त बुझेको छैन । ”

सभापति भएँ भने मेरो पहिलो काम यो विधानमा परिवर्तन गर्ने भन्दै महामन्त्री र उपसभापति २-२ जना भए एउटा मनोनित र एक निर्वाचित हुने व्यवस्था राख्नुपर्ने उनको भनाइ थियो ।

अहिलेको विधान बनाउँदा नै यो विधानले पार्टी चल्दैन भनेको स्मरण गराउँदै उनले पार्टीलाई बीपी कोइरालाको बेलामाजस्तै प्रेसिडेन्सियल सिस्टममा चल्नुपर्छ भनेर आफूले भनेपनि कसैले नसुनेको उनको गुनासो थियो ।

महामन्त्री कोइरालाले सबैलाई मिलाएर आफू सभापतिको उमेदवार बन्ने विशस पनि व्यक्त गरे । त्यस्तै, उनले देशलाई समृद्ध बनाउन कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री कोइरालाले विगतमा पार्टीमा दुःख गरेका, प्रवासमा रहेर संघर्ष गरेकाहरुको आवाजलाई पनि सुनुवाई गर्ने आफ्नो प्रतिवद्धता रहेको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ११ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित