देशभर ७१ पत्रकारमा कोरोना संक्रमण, कहाँ कति ?  « Khabarhub

देशभर ७१ पत्रकारमा कोरोना संक्रमण, कहाँ कति ? 


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् ।

त्यस्तै प्रदेश नं २ मा २७ जना पत्रकार सङ्क्रमित भएका छन् । तीमध्ये पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एक जना रहेका छन् । वाग्मती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएका छन् ।

तीमध्ये काठमाडौँका नौ र ललितपुरका दुई जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा आठजना पत्रकार सङ्क्रमित भएका छन् । तीमध्ये कास्कीका एक र नवलपुरका सात जना रहेका छन् ।

प्रदेश नं ५ मा ११ जना पत्रकार सङ्क्रमति भएका छन् । तीमध्ये बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका छ र रुपन्देहीका दुई जना रहेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेखमा एकजना पत्रकार सङ्क्रमित भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको जानकारी दिनुभयो ।

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकार सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । महासङ्घले सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पिसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको उहाँले बताउनुभयो ।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत अपिल गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ५१ बजे

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा