पञ्जावमाथि राजस्थानको सनसनीपूर्ण जीत « Khabarhub

पञ्जावमाथि राजस्थानको सनसनीपूर्ण जीत


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

यसलाई आईपीएल इतिहासमा कुनै पनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल मानिएको छ । यसअघि आईपीएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।

जारी आईपीएलमा राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले भने ४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए ।

त्यस्तै २७ बलमा स्टिभ स्मिथले ७ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । खेलमा राहुल तेवातियाले ३१ बल खेल्दै ७ छक्काको सहयोगमा ५३ रनको योगदान गरे ।

बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो । पन्जाबका लागि मयंक अग्रवालले शतक पूरा गरे । ५० बल खेलेका उनले १० चौका र ७ छक्काको सहयोगमा १०६ रन बनाउन सफल भए ।

त्यस्तै अर्का खेलाडी केएल राहुलले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए । विलेन म्याक्सवेलले १३ रन बनाउँदा निकोलस पोरानले २५ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि अंकित राजपुत र टोम करनले समान एक–एक विकेट लिए ।

दुई खेल खेलेको राजस्थानले चार अंक जोडेको छ भने तीन खेल खेलमा पन्जाबले दुई अंक जोडेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ५६ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा