कोरोना संक्रमणपछि १० लाख मानिसको ज्यान गयो, २४ घण्टामा थपिए साढे २ लाख संक्रमित « Khabarhub

कोरोना संक्रमणपछि १० लाख मानिसको ज्यान गयो, २४ घण्टामा थपिए साढे २ लाख संक्रमित


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट विश्वमा १० लाख मानिसको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ ।

पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा ३ करोड ३२ लाख ९७ हजार ५ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारभन्दा बढी संक्रमितहरु थपिएका छन् ।

विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । यो रिपोर्ट तयार पार्दासम्म अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

यहाँ कोरोना संक्रमणपछि निको हुनेको संख्या ४५ लाख ६० हजार पुगेको छ ।

अमेरिकापछि एसियाली मुलुक भारतमा धेरै संक्रमित रहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् ।

भारतमा कोरोना संक्रमणपछि ५० लाख १३ हजार जना निको भइसकेका छन् भने हालसम्म ९५ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमएका छन् ।

यस्तै ब्राजिलमा पनि पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा ४७ लाख ३२ हजार कूल संक्रमित पुगेका छन् ।

अमेरिका, भारत, ब्राजिलपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा रसिया, कोलम्बिया पेरु, स्पेन लगायत छन् ।

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी अमेरिकी मुलुकहरु प्रभावित बनेका छन् । युरोपेली मुलुकमा पनि कोरोना भाइरसको दोस्रो लहर फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

युरोपेली मुलुकमा कूल संक्रमितको संख्या ४८ लाख ४८ हजार रहेको छ भने पछिल्लो २४ घण्टामा मात्र ४५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

युरोपेली मुलुकमा हालसम्म २ लाख २० हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २४ लाख ८८ हजार संक्रमणपछि निको भइसकेका छन् ।

उत्तर अमेरिकामा कोरोना संक्रमणको संख्या ८७ लाख ३५ हजार पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने हालसम्म ३ लाखभन्दा बढीले कोरोना संक्रमणपछि ज्यान गुमाइसकेका छन् ।

एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या भारतमा रहेको छ। त्यसपछि इरान, बंगलादेश, इराक, साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ ।

एसियाली मुलुकमा कूल संक्रमितको संख्या एक करोड पुगेको छ । एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ६ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै एसियाली मुलुकमा हालसम्म मृत्यु हुनेको संख्या ९५ हजार ५७४ पुगेको छ भने निको हुनेको संख्या ८५ लाख ८७ हजारभन्दा बढी छ ।

नेपालमा हालसम्म ७३ हजार ३ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म ४ सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको भएकाको संख्या ५३ हजार ८९८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : २७ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु