नेपालमा ५४ हजार ६४० जनाले जिते कोरोना « Khabarhub

नेपालमा ५४ हजार ६४० जनाले जिते कोरोना


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले आज जानकारी दिए ।

देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको उनले जानकारी दिए ।

यसैगरी संस्थागत आइसोलेशनमा आठ हजार ६९५ जना र होम आइसोलेसनमा दश हजार ९२९ जना तथा विभिन्न क्यारेन्टिन छ हजार ३१० जना रहेका छन् ।

मुलुकभरका अस्पतालहरुमा हाल कोरोना सङ्क्रमितमध्ये २२५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : ०७ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित