देशभर २४ घण्टामा १९५४ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा १९५४ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ८२४८जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० थियो ।

पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

 

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ४ : ३९ बजे

महाशिवरात्रिको सन्देश- क्रोध, मोह र लोभको विसर्जन

महाशिवरात्रि हिन्दु धर्मावलम्बीका लागि केवल एउटा पर्व मात्र होइन, आत्मचिन्तन,

कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले

भारतका प्रधानमन्त्री मोदी चढेको विमान आसामको सडकमै अवतरण (भिडियोसहित)

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको एक

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

बैतडी– जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला