चिनियाँ खोप प्रयोग गर्नेबारे श्रीलंकामा छलफल « Khabarhub

चिनियाँ खोप प्रयोग गर्नेबारे श्रीलंकामा छलफल


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलङ्काले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ ।

श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिएका छन् ।

विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलङ्कालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिए ।

उनका अनुसार श्रीलङ्का यसअघि नै विश्वव्यापी खोप तथा सङ्क्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ ।

साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए ।

सुरुमा श्रीलङ्काको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउना साथ जतिसक्दो छिटो आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ५० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी