काठमाडौं उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित  | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित 


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तो छ तथ्यांक

हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार ४६९ पुगेको छ।

त्यसैगरी  ललितपुरमा १३ हजार ८८ जना संक्रमित भएका छन्। जसमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३५३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म भक्तपुरमा देखिएका ७ हजार १०४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने ७ हजार १०४ जना निको भएका  छन्।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ४ : ४७ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन

आज २०८२ साल भदौ २८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा