पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ। जसमध्ये गत २४ घण्टामा मात्रै १ हजार ३८० संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा ६, भोजपुरमा ३, मोरङमा ४१, संखुवासभामा १ र सुनसरीमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश २ को धुनषामा ११, पर्सामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ६ र सिरहामा ९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा १३, दोलखामा ९, धादिङमा १५, नुवाकोटमा १८, भक्तपुरमा ३६, मकवानपुरमा १५, रामेछापमा ६, ललितपुरमा १ सय २४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय १८, गोरखामा १३, तनहुँमा २२, नवलपरासी पूर्वमा १, पर्वतमा २, मुस्ताङमा २, म्याग्दीमा ३, लमजुङमा २४ र स्याङजामा १७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १३, गुल्मीमा ८, दाङमा ४, नलवपरासीमा १७, पाल्पामा १५, प्यूठानमा ३, बर्दियामा १३, बाँकेमा ३७, रोल्पामा १ र रुपन्देहीमा ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ४ र डडेल्धरामा ४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ४ : ५६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका