पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ। जसमध्ये गत २४ घण्टामा मात्रै १ हजार ३८० संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा ६, भोजपुरमा ३, मोरङमा ४१, संखुवासभामा १ र सुनसरीमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश २ को धुनषामा ११, पर्सामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ६ र सिरहामा ९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा १३, दोलखामा ९, धादिङमा १५, नुवाकोटमा १८, भक्तपुरमा ३६, मकवानपुरमा १५, रामेछापमा ६, ललितपुरमा १ सय २४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय १८, गोरखामा १३, तनहुँमा २२, नवलपरासी पूर्वमा १, पर्वतमा २, मुस्ताङमा २, म्याग्दीमा ३, लमजुङमा २४ र स्याङजामा १७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १३, गुल्मीमा ८, दाङमा ४, नलवपरासीमा १७, पाल्पामा १५, प्यूठानमा ३, बर्दियामा १३, बाँकेमा ३७, रोल्पामा १ र रुपन्देहीमा ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ४ र डडेल्धरामा ४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ४ : ५६ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,