ओली सरकार इतहासकै 'अराजक' भएको नेता भण्डारीको टिप्पणी | Khabarhub Khabarhub

ओली सरकार इतहासकै ‘अराजक’ भएको नेता भण्डारीको टिप्पणी


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा बढी ‘अराजक’ रहेको टिप्पणी गरेका छन् ।

शनिबार जनकपुरमा विद्यापति स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका नेता भण्डारीले वर्तमान सरकार अनुशासनहीन रहेकाले अराजकता बढेको बताए ।

कानूनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमतीय जनादेश दिए पनि भ्रष्टाचार, अनुशासनहीनता र अराजक गतिविधlले गर्दा मुलुकमा अस्थिरता पैदा भएको उनले आरोप लगाए ।

अर्को प्रसंगमा नेता भण्डारीले प्रदेश नम्बर २ सरकारले अहिलेसम्म नामाकरण गर्न नसक्नु दुःखद विषय रहेको बताए ।

प्रदेश नम्बर २ को नामाकरण भूगोलको आधारमा मात्र नभई पहिचान र संस्कृतिलाई समेटेर नामाकरण गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ४६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको