ओली सरकार इतहासकै ‘अराजक’ भएको नेता भण्डारीको टिप्पणी « Khabarhub

ओली सरकार इतहासकै ‘अराजक’ भएको नेता भण्डारीको टिप्पणी


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा बढी ‘अराजक’ रहेको टिप्पणी गरेका छन् ।

शनिबार जनकपुरमा विद्यापति स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका नेता भण्डारीले वर्तमान सरकार अनुशासनहीन रहेकाले अराजकता बढेको बताए ।

कानूनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको बहुमतीय जनादेश दिए पनि भ्रष्टाचार, अनुशासनहीनता र अराजक गतिविधlले गर्दा मुलुकमा अस्थिरता पैदा भएको उनले आरोप लगाए ।

अर्को प्रसंगमा नेता भण्डारीले प्रदेश नम्बर २ सरकारले अहिलेसम्म नामाकरण गर्न नसक्नु दुःखद विषय रहेको बताए ।

प्रदेश नम्बर २ को नामाकरण भूगोलको आधारमा मात्र नभई पहिचान र संस्कृतिलाई समेटेर नामाकरण गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ४६ बजे

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा