संक्रमित घटेपछि बागेश्वरीको आइसोलेशन खाली « Khabarhub

संक्रमित घटेपछि बागेश्वरीको आइसोलेशन खाली


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कोरोना आइसोलेशन खाली भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घटेपछि आइसोलेशन खाली भएको हो । चिकित्सालयका कार्यकारी निर्देशक डा हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेशन रहेकाले थोरै सङ्ख्यामा सङ्क्रमित बस्न डराउँछन् ।

यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेशनमा बस्न गएसँगै चिकित्सालयको आइसोलेशन खाली भएको हो । उनले भने, “आइसोलेशन बन्द गरेका छैनौँ । खाली भएको हो ।”

गत भदौ १४ गतेबाट शुरु गरिएको आइसोलेशनमा हालसम्म ४१२ जनाले सेवा लिइसकेका छन् । एकै साथ ठूलो सङ्ख्यामा सङ्क्रमित आएमा राख्न मिल्ने गरी तयारी अवस्थामा आइसोलेशन राखिएको छ । हाल देखिएका सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेशन र होम आइसोलेसनमा बस्दै आएका छन् । जिल्लामा सङ्क्रमित थपिने दर पनि निकै कम भएको छ ।

भरतपुर महानगरपालिकाले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेशन सञ्चालन गरेको हो । आइसोलेशनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो भने व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ । ९० जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेशनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनुपर्ने अवस्था आएको थियो । निर्देशक डा कोइरालाका अनुसार सङ्क्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो ।

यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ । यसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस् पदार्थ खान दिइएको थिइएन । यस्तै नियमित ब्यायम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो ।

सो आइसोलेशनमा ८ महिनादेखि ८५ वर्ष सम्मका सङ्क्रमितले सेवा लिएका थिए । आइसोलेशनमा आएका सङ्क्रमित ७ दिनदेखि २१ दिनसम्म उपचारका लागि बस्ने गरेका जनाइएको छ । सामान्य लक्षण देखिएकालाई समेत आइसोलेशनमा राखेर उपचार गरिएको थियो । जिल्लामा हालसम्म ६ हजार ३१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाब परीक्षण, १०१ को मृत्यु र पाँच हजार ९२० निको भएका छन् । हाल २९१ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये २६४ जना होम आइसोलेशन तथा २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये महानगरका २३५ जना छन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : ४५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान