हाकिमकै मिलेमतोमा किर्ते नागरिकता | Khabarhub Khabarhub

हाकिमकै मिलेमतोमा किर्ते नागरिकता



झापा– इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय शाहकै मिलेमतोमा किर्ते नागरिकता वितरण भएको आशंकामा प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

कार्यालय प्रमुख शाहसहित तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत अनुसन्धान शुरू गरेको हो । प्रशासनले यसको जिम्मा जिल्ला प्रहरी कार्यालय झापालाई दिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा कार्यालय प्रमुख शाह, कार्यालय सहयोगी आसिर आलम र गौरादह ७ का कृष्णप्रसाद तिम्सिना रहेका छन् । तीमध्ये तिम्सिना विचौलिया रहेको प्रहरीले जनाएको छ ।

झापाकै साबिक जुरोपानी ८ हाल  गौरादह नगरपालिका वडा नं. ७ स्थायी ठेगाना देखाई अमृत राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९१, दीपिका राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९२ र बिशाल राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९३ को नागरिकता बितरण गरेको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तर, ती नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नभएको जिल्ला प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

सफ्वेयरकै दुरूपयोग

उनीहरुले नागरिकता सम्बन्धी सफ्टवेयर नै प्रयोग गरी ति नागरिकताहरु किर्ते गरेको हुन सक्ने अनुमान गरिएको छ ।

अनुसन्धानका क्रममा ति नागरिकता प्राप्त गर्ने व्यक्तिहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरे पश्चात ति बिवरण सम्पादन गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई बितरण गरिएको पनि पाईएको छ ।

उनीहरु माथि प्रहरीले नागरिकता सम्बन्धी कसुर मुद्दा चलाएको छ । जिल्ला अदालतले समेत अनुसन्धानका लागि ५ दिन म्याद थप गरी दिएको छ ।

नागरिकता वितरणमा किर्ते भएको आशंकापछि थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न पत्राचार भए अनुसार जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ११ : २५ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी