चिनियाँ प्रतिनिधि मण्डल र प्रचण्डबीच दुई घण्टा भेटवार्ता « Khabarhub

चिनियाँ प्रतिनिधि मण्डल र प्रचण्डबीच दुई घण्टा भेटवार्ता


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ प्रतिनिधिमण्डल र नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा भेटवार्ता भएको छ ।

खुमलटारस्थित प्रचण्डनिवासमा भएको करिव दुई घण्टाको भेटवार्ता के कुरा भयो भन्ने केही खुलाइएको छैन ।

प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएको जनाइएको छ ।

चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटारमा भेट गरेको थियो ।

नेकपा विभाजनमा पुगेपछि आएको चिनियाँ टोलीले सो पार्टीको आन्तरिक विवादमा चासो राखेको बुझिएको छ ।

आइतबार दिउँसो करिब साढे एक बजे चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल आएलगत्तै राजनीतिक भेटवार्ता तीव्र पारेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ११ : ४० बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी