सिद्धिखोलाबाट विद्युत निकालिने « Khabarhub

सिद्धिखोलाबाट विद्युत निकालिने


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाममा थप एउटा जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको छ । इलामको सिद्धिखोलाबाट ६.५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो ।

रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सीमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो ।

२०७८ सालको साउनसम्ममा काम सम्पन्न गर्ने गरी काम थालिएको छ । रोङ-६ र सूर्योदय नगरपालिका–५ को खरबनी नजिकैको स्थानमा हेड ट्याङ्की निर्माण गरिएको छ । तीन हजार ६०० मिटरमुनि सुङतुङ र रोङ–६ को रामभेडेसम्म पाइप लाइन विस्तार गरी रामभेडेमा विद्युत्गृह निर्माण गरिने छ ।

दुई वटा पेल्टन टर्वाइन राखेर बिजुली निकाल्नका लागि करिब रु एक अर्ब २० करोड लगानी लाग्ने अनुमान गरिएको इञ्जिनीयर दिवस भट्टराईले बताए ।

यस खोलामा यसअघि लुम्बिनी हाइड्रोले १० दशमलव २ मेघावाट बिजुली निकाल्ने तयारी गरेको थियो तर खोलामा पानीको मात्रा कम भएकाले बढी विद्युत् निकाल्न नसकिने भन्दै ६.५ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो ।

आयोजना सञ्चालनका लागि रम्भ्याङबाट हेड ट्याङ्क र विद्युत्गृहसम्मको पहुँच मार्ग करिब निर्माण भइसकेको छ । कार्यालय सञ्चालनका लागि भवनसमेत निर्माण गरिसकिएको इञ्जिनीयर भट्टराईको भनाइ छ । यहाँबाट उत्पादित बिजुली फिक्कलमा रहेको ट्रान्समिसन लाइनसम्म लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।

गाउँमा जलविद्युत् सञ्चालनपछि स्थानीयवासी खुशी भएका छन् । गाउँगाउँमा सडक निर्माण हुने र आफ्नै ठाउँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भन्दै उनीहरु खुशी भएका हुन् ।

साथै आफ्नो दायित्वको काम गरे अझ स्थानीयवासीको क्षमता विकास र वातावरणीय प्रभाव कम गर्ने खालका काम गरिने स्थानीय गोविन्द पौडेलको भनाइ छ । इलामका विभिन्न खोलामा एक दर्जन बढी जलविद्युत् सञ्चालनमा छन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : १३ बजे

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व