सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद विघटन गर्‍यो: प्रकाशमान सिंह | Khabarhub Khabarhub

सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद विघटन गर्‍यो: प्रकाशमान सिंह


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद विघटन गरेको आरोप लगाएका छन् ।

नेता सिंहले सोमवार काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसले गरेको सम्बोधनलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।

सम्बोधनका क्रममा नेता सिंहले जनप्रतिनिधिको विश्वास लिन नसक्ने, संसद पार्टीका कमिटीको सामना गर्ने नसक्ने प्रधानमन्त्रीसँग संसद् विघटनको हैसियत नरहने बताए ।

उनले प्रधानमन्त्री संविधानबाट जन्मने भएकाले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने दाबी गरे ।

उनले भने, ‘संसदले प्रधानमन्त्री दिनै नसक्ने, सरकार दिनै नसक्ने अवस्थामा मात्र संसद विघटनको परिकल्पना संविधानको धारा ७६ ले गरेको हो, अन्य अवस्थामा संसद विघटन हुन सक्दैन ।’

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : २५ बजे

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता