ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्तिको नयाँ योजना « Khabarhub

ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्तिको नयाँ योजना


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका छन् ।

लामो समयदेखि अपेक्षा गरिएका उनको शान्ति योजना सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा पनि गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरे । आफ्नो शान्ति योजनालाई ट्रम्पले प्यालेस्टाइनीहरुका लागि अन्तिम मौका भएको पनि जिकिर गरे ।

शान्ति योजना सार्वजनिक गर्दै ट्रम्पले भने, ‘आजको सम्झौता प्यालेस्टाइनीहरुका लागि उनीहरुको स्वतन्त्र राज्य स्थापना गर्ने सपनालाई सार्थक पार्नका लागि ऐतिहासिक अवसर हो । ७० वर्षदेखि कुनै प्रगति नभएको सन्भर्दमा यो उनीहरुका लागि अन्तिम मौका हुन सक्छ ।’

इजरायली प्रधानमन्त्री नेतान्याहुले ट्रम्पको योजनाको प्रशंसा गरे । तर, प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले भने ट्रम्पको उक्त योजनालाई ‘षड्यन्त्र’को संज्ञा दिएका छन् ।

ट्रम्पको मध्यपूर्व शान्ति योजनाबारे एउटा टेलिभिजन सम्बोधनमा प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले भने, ‘म ट्रम्प र नेतान्याहुलाई भन्छु– जेरुसलेम बिक्रीमा छैन । हाम्रा कुनै पनि अधिकार बिक्रीमा छैनन्, न त लेनदेन नै हुन्छ । यो षड्यन्त्र सफल हुँदैन ।’

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ६ : ५७ बजे

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न