विकासका नाममा प्रकृति दोहन नगरौं : पूर्ब राष्ट्रपति यादव « Khabarhub

विकासका नाममा प्रकृति दोहन नगरौं : पूर्ब राष्ट्रपति यादव


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ –  पूर्व राष्ट्रपति डा.रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्न आह्वान गरेका छन ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै पूर्व राष्ट्रपति यादवले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गरे ।

‘वनजङ्गल नेपालको सम्पत्ति भएकाले यसलाई जोगाउन सरकारलाई आग्रह मेरो आग्रह छ,’ पूर्वराष्ट्रपति यादवले भने ‘पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ, वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहनु विपत्ति निम्त्याउनु हो ।’

झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको यादवको आरोप छ ।

भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उनको भनाइ छ ।

आफैँ लहरी छुट्ने ढोरबाराही मन्दिर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भइरहेको छ । पूर्वराष्ट्रपति डा यादवको भ्रमणले मन्दिरको प्रचारप्रसारमा सहयोग पुग्ने वडा नं ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : ४५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड