फोटोग्राफर देखेर भागे अक्षय कुमार, भिडियो भयो भाइरल « Khabarhub

फोटोग्राफर देखेर भागे अक्षय कुमार, भिडियो भयो भाइरल


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार आफ्ना को–स्टारसँग प्रायः उट्पट्याङ गरिरहन्छन् । यसपटक उनले पापाराजीलाई पनि छोडेनन् ।

सामाजिक सञ्जालमा अक्षय कुमारको एक भिडियो भाइरल भएको छ । भिडियोमा अक्षय कुमार पापाराजीलाई देखेर भागिरहेको देखिन्छन् ।

पापाराजीलाई देखेर किन भागे अक्षय कुमार?

खासमा अक्षय कुमार फिल्मको शूटिङ गरेर फर्किएका थिए । उनलाई पापाराजीले तत्कालै घेरे । भिडियोमा पहिले अक्षय कुमारलाई चल्दै आएको देख्न सकिन्छ । पछि भने अक्षय कुमार भाग्न थाल्छन् ।

जब अक्षय कुमार रोकिन्छन्, सबै हाँस्छन् । भिडियोमा प्रहरी र बडीगार्ड पनि देखिन्छन् । अक्षयले खासमा त्यतिबेला प्रयाङ्क गरेका हुन्छन् ।

अक्षय यतिबेला फिल्म ‘सूर्यवंशी’ मा काम गरिरहेका छन् । यो फिल्मका कारण पनि अक्षय कुमार चर्चामा छन् ।

पछिल्लो समय अक्षय कुमार ‘हाउसफूल ४’ मा देखिएका थिए । यो फिल्मबाट पनि उनले राम्रो प्रतिक्रिया पाए । यस्तै उनको फिल्म ‘गुड न्यूज’ ले पनि दर्शकलाई मनोरञ्जन दिएको थियो ।

 

View this post on Instagram

 

When #akshaykumar decided to play a prank on our boys ???

A post shared by Viral Bhayani (@viralbhayani) on

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : १४ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत