सहिद स्मारक ए डिभिजन लिग–मनाङको अपराजित यात्रा कायमै « Khabarhub

सहिद स्मारक ए डिभिजन लिग–मनाङको अपराजित यात्रा कायमै


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

नवौं चरणमा संकटा क्लबसँगको खेलमा ३–० गोलको जीत निकाल्दै मनाङले अपराजित यात्रालाई यथावत राखेको हो ।

संकटाका अमित तामाङको आत्मघाती गोलमा मनाङले अग्रता लिएको थियो । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, त्यसको एक मिनेटपछि अन्जन बिष्टले गोल गर्दै टिमलाई पहिलो हाफमा २–० गोलको सहज अवस्थामा पुर्याएका थिए ।

पहिलो हाफमा २–० गोलमा सकिएको खेलको ७१ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै टिमलाई ३–० गोलको जीत दिलाएका थिए ।

जीतसँगै मनाङ १९ अंकसहित लिगको तस्रो स्थानमा यथावत रहेको छ ।

मनाङले अहिलेसम्म खेलेमा ९ खेलमा ५ मा जीत र ४ खेल बराबरी खेल्दै अपराजित रहन सफल भएको छ । यता पराजित संकटा भने लिगको १२ अंकसहित ८ औं स्थानमा छ ।

अघिल्लो बर्ष दोस्रो भएको संकटा यो सिजनमा भने शीर्ष ६ का लागि संघर्ष गरिरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : ३६ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव